काठमाडौंमा बालेनले ल्याए करिब २३ हजार मत, स्थापित आफैले मतदान गरेको वडामा पनि पछि



काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना निकै रोचक बनिरहेको छ ।

महानगरपालिकामा जारी मतगणनामा स्वतन्त्र तर्फ मेयरको उम्मेदवार बालेन्द्र साह (बालेन)ले २२ हजार ८४२ मत पाएका छन् ।
अहिलेसम्म ५८ हजार ८५० वटा मतगणना भएको छ । जारी मत गणनामा बालेनले ३९ मत पाएका छन् ।

यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ११ हजार ७६९ मत पाएका छन् । यो भनेको गणना भएको मतको २० प्रतिशत हो । यस्तै सृजना सिंहको १० हजार ९८६ मत रहेको छ । गणना भएको मतको यो १९ प्रतिशत हो ।

अहिलेसम्म स्थापित र साहको मतान्तर ११ हजार ७३ रहेको छ । साहले स्थापितलाई पछि पारेका छन् । १ देखि ५ सम्म वडाको मतगणना सकिएको छ । अहिले ६,७, २८, २९, ३०, ३१ र ३२ वडाको मतगणना भइरहेको छ ।

स्थापितले मतदान गरेको २८ वडामा नै उनको भन्दा साहको मत बढी रहेको छ । स्थापितले ४४४ मत ल्याउँदा साहले ४७० मत पाएका छन् ।


क्लिकमान्डु