भरतपुरमा सुवेदी भन्दा दाहाल ३१२६ मतले अगाडि



काठमाडौं । भरतपुर महानगरपालिकामा रेनु दाहालले विजय सुवेदीलाई ३ हजार १२६ मतले पछि पारेकी छिन् ।

महानगरमा गठबन्धनबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की रेनु दाहालले १५ हजार ५१३ मत ल्याउँदा नेकपा एमालेका विजय सुवेदीले १२ हजार ३८७ मत ल्याएका छन् । उनी दाहाल भन्दा ३ हजार १२६ मतले पछि रहेका छन् ।

यस्तै नेपाली काँग्रेसबाट बागी उठेका जगन्नाथ पौडेलले ६ हजार ४०३ मत पाएका छन् ।

यस्तै उप मेयरमा काँग्रेसका त्रिलोचत अधिकारीले १७ हजार ५३५ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङले ९ हजार ९६१ मत पाएकी छिन् ।


क्लिकमान्डु