सुनकोशी गाउँपालिकामा गठबन्धन विजयी



काठमाडौं । सुनकोशी गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का दिपा बोहोरा दाहाल र उपाध्यक्षमा नेपाली कांग्रेसका कपिल कोइराला निर्वाचित भएका छन् ।

गाउँपालिकामा अध्यक्षमा निर्वाचित दिपाले ५ हजार ३७६ मत र उपाध्यक्ष कपिलले ६ हजार ५९४ मत प्राप्त गरेका छन् । अध्यक्षका प्रतिस्पर्धी नेकपा (एमाले)का रोमनराज गिरीले ५ हजार ९८ मत प्राप्त गरेका छन् भने उपाध्यक्ष पदकी उम्मेदवार हेमा अधिकारीले ३ हजार ९५८ मत प्राप्त गरेकी छिन् ।

७ वडा रहेको सुनकोशीमा ६ वटामा गठबन्धन तथा एउटामा एमाले विजयी भएको छ । गठबन्धनबाट कांग्रेसले १, २, ३ र ४ नंम्बर वडा जितेको छ भने माओवादी केन्द्रले ५ र ६ नम्बर वडा जितेको छ । गठबन्धनलाई पराजित गर्दै वडा–७ मा एमाले विजयी भएको छ । विसं २०७४ मा एमालेले तीन, कांग्रेसले दुई र माओवादी केन्द्रले गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित दुई वडामा जित हासिल गरेको थियो ।


क्लिकमान्डु