प्रि-ओपनिङमा १ लाखको पनि भएन कारोबार



काठमाडौं । प्रि-ओपनिङमा बजार सामान्य सुधार देखिएको छ ।

बजार मापन गर्ने सूचक ९.३७ अंकले बढेर परिसूचक २२७४.७९ बिन्दुमा रोकिएको छ ।

१२ कम्पनीको ४१० कित्ता सेयर ८० हजार ६८४ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा विकास बैंक समूहको उपसूचक ११.३७, निर्जीबन बीमा ५.१५, माइक्रोफाइनान्स समूहको उपसूचक ०.४ अंकले बढेको छ ।

यस्तै जलविद्युत समूहको उपसूचक ०.१ अंकले घटेको छ ।


क्लिकमान्डु