शम्भुनाथमा एकीकृत समाजवादी विजयी



काठमाडौं । सप्तरीको शम्भुनाथ नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ । प्रमुखमा सो पार्टीका उम्मेदवार जितेन्द्रप्रसाद गुप्ता कलवार विजयी भएका छन् ।

कलवारले ५ हजार ३९२ मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दीपेन्द्रकुमार चौधरीले ४ हजार १४३ मत ल्याएका छन् ।

विसं २०७४ को निर्वाचनमा एमालेबाट चुनाव लडेका गुप्ता ४४ मत अन्तरले पराजित भउका थिए । त्यो बेला कांग्रेसका योगेन्द्र चौधरीले दुई हजार ७७८ मत ल्याई गुप्तालाई पराजित गरेका हुन् ।

एकीकृत समाजवादीकी अनिताकुमारी चौधरीले उपप्रमुखमा जित हासिल गरेकी छिन् । उनले ४ हजार ९९८ मत ल्याएकी छिन् । चौधरीका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवारले ४ हजार २७१ मत ल्याएका छन् ।

वडाध्यक्षमा एकीकृत समाजवादीले पाँच, काग्रेसले पाँच तथा जसपा र लोसपाले एक-एक वडाध्यक्षमा जित हासिल गरेका छन् ।


क्लिकमान्डु