महोत्तरीको पिपरामा जसपा नेपाल विजयी



काठमाडौं । महोत्तरीको पिपरा गाउँपालिकामा जनता समाजवादी पार्टी नेपाल विजयी भएको छ ।

मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलका अनुसार अध्यक्षमा जसपाका रामजानकी यादवले ५ हजार ५८२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका अमितकुमार पाण्डेयले दुई हजार ९७७ मत ल्याए ।

त्यसैगरी उपाध्यक्षमा पनि जसपाकै बन्दना पाण्डेयले ५ हजार ४० मत ल्याएर विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपा नेपालकी रविता कुमारीले तीन हजार ६२३ मत प्राप्त गरिन् ।


क्लिकमान्डु