मध्यविन्दुमा एमाले विजयी



काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् ।

प्रमुखमा एमालेका भीमलाल अधिकारी निर्वाचित भए । अधिकारीले १६ हजार २१२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सूर्यबहादुर गुरुङले १४ हजार ६४५ मत प्राप्त गरे ।

उपप्रमुखमा एमालेकै पूर्णकला चौधरी निर्वाचित भएकी छिन् । चौधरीले १६ हजार १२२ मत प्राप्त गरी निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी टीककुमारी महतोले १४ हजार ६२४ मत प्राप्त गरे । १५ वडा रहेको मध्यविन्दुमा १० वडामा एमाले तथा पाँचमा कांग्रेस निर्वाचित भएको छ ।


क्लिकमाण्डू