सुस्तामा कांग्रेस विजयी



काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्ता गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा टेकनारायण उपाध्याय र उपाध्यक्षमा गीता चौधरी विजयी भएका छन् ।

यसअघिको निर्वाचनमा अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) विजयी भएको थियो । एमालेका रामप्रसाद पाण्डेलाई २७२ मतान्तरले हराउँदै उपाध्याय निर्वाचित भए । उनले ६ हजार २७० तथा पाण्डेले पाँच हजार ९९८ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा कांग्रेसकै गीता चौधरीले निवर्तमान उपाध्यक्ष एमाले उम्मेदवार इन्द्रकुमारी थरुनीलाई ६२१ मतान्तरले पराजित गभइन् । चौधरीले ६ हजार ६०५ तथा थरुनीले पाँच हजार ९८४ मत ल्याएकी छिन् । पाँच वडा रहेको यस गाउँपालिकामा तीनमा कांग्रेस र दुईमा एमाले विजयी भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार वडा–१, ४ र ५ मा कांग्रेस तथा वडा–२ र ३ मा एमाले विजयी भएको छ । २३ हजार ९५९ मतदाता रहेको यस गाउँपालिकामा १८ हजार ७५४ मत खसेको थियो ।


क्लिकमान्डु