गभर्नरसँग लगानीकर्ताको ४ बुँदे माग, ‘४-१२ को नीति तत्काल खारेज गर्नु’



काठमाडौं । सेयर लगानीकर्ताले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई ४ बुँदे माग पेश गरेका छन् ।

बजारमा लगातार गिरावट आएपछि लगानीकर्ताका संघले गभर्नर अधिकारीलाई नेपाल इन्भेष्टर फोरम र सेयर लगानीकर्ता संघले मागपत्र पेश गरेका हुन् ।

दुई वटा संघले पेश गरेको मागपत्रमा ४ करोड एउटा बैंक र १२ करोड सम्मको सेयर कजाए ऋणको सिमाले सेयर बजारलाई निरुत्साहित गरेकोले सो व्यवस्थालाई राष्ट्र बैंकबाट फिर्ता लिने रहेको छ । उनीहरूले याे व्यवस्था तत्काल हटाउन समेत माग गरेका छन् ।

यस्तै आर्थिक वर्ष २०७९/८० को साउन १ देखि सेयर कर्जामा लगाउने भनिएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिदिन अनुरोध गरेको छ ।

अर्को मागमा मर्जर एक्यूजिसनले सेयर कारोबार रोकिदा आम लगानीकर्ताको चल अचल सम्पति बन्ध भइ नोक्सानीर राज्यले पाउने राजस्वमा समेत नकारात्मक असर परेको छ । उक्त कार्य काल बैंक तथा वित्तीय संस्थाले बार्षिक साधारणसभाको लागि दाखिल खारेजी गर्ने व्यवस्था गरे जस्तै गरी केही सिमित अवधिको लागि मात्रै कारोबार रोक्का रहने व्यवस्था गर्न अनुरोध गरेको छ ।

दुवै वटा संघले राखेको मागमा देशमा विद्यमान तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था श्रृजना भएकोले राष्ट्र बैंक जस्तो संस्थाले उक्त समस्याको तत्काल समाधान गर्ने व्यवस्था गर्न आग्रह गरिएको छ ।


क्लिकमान्डु