भतरपुरमा रेनुले बढाइन् मतान्तर, पौडेलले पाए ४८८३ मत



काठमाडौं । भरतपुर महानगरको मेयर पदमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले निकटम प्रतिद्वन्द्वी एमाले उम्मेदवार विजय सुवेदीलाई १९ सय ६ मतले पछि पारेकी छन् ।

दाहालले १० हजार ७४८ प्राप्त गरेकी छन् भने सुवेदीले ८ हजार ८४२ मत प्राप्त गरेका छन् । दाहालको भन्दा सुवेदीको मत १९०६ ले कम रहेको छ । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ८८३ मत प्राप्त गरेका छन् ।

जारी मतगणनामा उपमेयर तर्फ गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारीले १२ हजार ८५८ मत प्राप्त गरेका छन् भने राप्रपाका हिमाल गुरुङले ७ हजार १६६ मत प्राप्त गरेका छन् ।


क्लिकमान्डु