देश श्रीलकां बन्न नदिन जलविद्युत, पर्यटन, कृषि क्षेत्रमा बढि बजेट आउनुपर्छः सांसद अर्गरिया



काठमाडौं । सांसद उमासंकर अर्गरियाले देशलाई आत्मनिर्भर बनाउन जलविद्युत, पर्यटन क्षेत्रमा बढाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सुझाव दिएका छन् ।

संसदमा विनियोजन विधेयक २०७९ को सिद्दान्त र प्राथमिकतामाथि प्रतिनिधि सभामा भइरहेको छलफलमा उनले सरकारलाई यस्तो सुझाव दिएका हुन् । सरकारले नै यस्ता क्षेत्रमा लगानी बढाउनु पर्ने उनको सुझाव रहेको छ ।

उनले स्वदेशमा नै आन्तरिक उत्पादन नबढाउने हो भने देश श्रीलकां बन्न कसैले रोक्न नसक्ने दाबी गरे । सांसद अर्गरियाले आगामी बजेटमा मल कारखाना नेपालमा नै खोल्ने नीति ल्याउन सुझाव दिए ।

‘मल अभावका कारण नेपाली जनताले धेरै दुःख पाएका छन्’ उनले भने ‘देश विकास गर्ने हो भने कृषि उत्पादन बढाउनु पर्छ र त्यसका लागि नेपालमा नै मल कारखाना आवश्यक छ ।’ देश सँधै विप्रेषणले मात्रै धान्न नसक्ने भन्दै स्वदेशमा नै रोजगारी बढाउने गरी बजेटको व्यवस्था गर्न सुझाव दिए ।


क्लिकमान्डु