सिन्धुलीको फिक्कलमा एमालेको विजय



सिन्धुली । फिक्कल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा क्रमशः नेकपा एमालेका पार्वती सुनुवार र राजु वराल निर्वाचित भएका छन् ।

सुनुवारले ४ हजार ६२ र बरालले ४ हजार २५६ मत प्राप्त गरी निर्वाचित भएका छन् । सुनुवारको निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका निर्पबहादुर भुजेलले ४ हजार १७ र वरालको निकटतम प्रतिद्वन्दी नेकपा (माओवादी केन्द्र) का लोकेन्द्रबहादुर कार्कीले ३ हजार ४२६ मत प्राप्त गरेका छन् ।

फिक्कलको ६ वडामध्ये चार वटामा एमाले, एउटामा माओवादी केन्द्र र एउटामा कांग्रेसले अध्यक्षमा विजययी भएका छन् ।

यसैगरी मरिण गाउँपालिकामा गठबन्धनबाट माओवादी केन्द्रका विमर्श मोक्तानले ५ हजार १९४ मत ल्याएर अध्यक्षमा विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गोविन्दलाल माझीले ४ हजार ७६० मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका विमला माझीले पाँच हजार २८१ मत ल्याउर विजयी भएकी छिन् । मरिणको सात वडामध्ये छ वटामा माओवादी केन्द्र र एउटामा एमालेले विजयी भएको छ ।


क्लिकमान्डु