काठमाडौं महानगरमा साहलाई ३९%, स्थापितलाई २०% र सिंहलाई १८ प्रतिशत मत



काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र तर्फ मेयरको उम्मेदजार बालेन्द्र साह (बालेन)ले आफ्नो अग्रतालाई कायमै राखेका छन् ।

साहले १६ हजार ९४३ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८ हजार ७९८ मत पाएका छन् । साह र स्थापितको मतान्तर ८ हजार १४५ मत पाएका छन् । यस्तै ठगबन्धनबाट काँग्रेसकी उम्मेदवार सृजना सिंहले ७ हजार ८९५ मत पाएकी छिन् ।

४३ हजार ३४८ मत गणना गर्दा साहले ३९ प्रतिशत मत पाएका छन् भने स्थापितले २० र सिंहले १८ प्रतिशत मत पाएकी छिन् ।


क्लिकमान्डु