निक्षेप तथा कर्जा सुरक्षण कोषमा सीइओ माग



काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले प्रमुख कार्यकारी अधिकृत (सीइओ) माग गरेको छ ।

सीइओ नियुक्तीका लागि गठित छनोट तथा सिफारिस समितिले सूचना जारी गरेको छ । सीइओका लागि योग्य आवेदकले २१ दिनभित्र अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य सिलबन्दी आवेदन दिनुपर्ने छ ।

सीइओ बन्नका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, वाणिज्यशास्त्र, व्यवस्थापन, वाणिज्य कानून, लेखा, बैंकिछ वा बीमा विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी वा चार्टर्ड एकाउन्टेन्ट उपाधी हासिल गरेको हुनुपर्ने छ ।

आर्थिक, बैंकिङ, बीमा वा वित्तीय क्षेत्रमा कम्तीमा अधिकृत द्वितीय श्रेणी वा सो सरहको पदमा कम्तीमा पाँच वर्षभन्दा
बढीको कार्य अनुभव भएको हुनुपर्ने छ । निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ को दफा ९ (ग) बमोजिम अयोग्य नरहेको व्यक्ति हुनुपर्ने छ ।

दरखास्त पेस गर्न दरखास्त पेस गर्दा शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, वैयक्तिक विवरण
र २ प्रति पासपोर्ट साइजको फोटो तथा उपर्युक्त कार्यविधिको दफा ६ बमोजिमको व्यावसायिक कार्ययोजना (पाँच हजार शब्दमा नबढ्ने गरी) खामबन्दी गरी अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशास्त्रामा पेस गर्नुपर्नेछ ।

स्वामबन्दी प्रस्तावको खाम बाहिर ’निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन तथा व्यावसायिक कार्ययोजना’ उल्लेख गरेको हुनुपर्नेछ । सीइओका लागि आवेदन दिने उम्मेदवारले आफूले पेस गरेको व्यावसायिक कार्ययोजना तोकिएको मिति र समयमा प्रस्तुतीकरण समेत गर्नुपर्नेछ ।


क्लिकमान्डु