भरतपुरमा रेनु १७ सय मतले अगाडि



काठमाडौं । भरतपुर महानगरको मेयर पदमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले निकटम प्रतिद्वन्द्वी एमाले उम्मेदवार विजय सुवेदीलाई १७ सय मतले पछि पारेकी छन् ।

दाहालले ९ हजार ९७० प्राप्त गरेकी छन् भने सुवेदीले ८ हजार २५८ मत प्राप्त गरेकी छन् ।

साथै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ५०४ मत प्राप्त गरेका छन् ।

उपमेयरमा गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारीले ११ हजार ९५६ मत प्राप्त गरेका छन् भने राप्रपाका हिमाल गुरुङले ६ हजार ७४२ मत प्राप्त गरेका छन् ।


क्लिकमान्डु