एमाले र काँग्रेस मिलेर झापाको कचनकवलमा हराए राप्रपालाई



काठमाडौं । नेकपा एमाले र नेपाली काँग्रेस मिलेर झापा जिल्लाको कचनकवल गाउँपालिकाको अध्यक्षमा राप्रपाका उम्मेदवारलाई हराएका छन् ।

उक्त पालिकामा नेपाली काँग्रेसका कालेन्द्रप्रसाद सिंह राजवंशी विजयी भएका छन् । उनले एमालेसँग मिलेर विजयी भएका हुन् । उनले ११ हजार ४५७ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अन्जरा आलमले ६ हजार ६६७ मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा गठबन्धनको तर्फबाट एमालेका उम्मेदवार नवराज भट्टराई निर्वाचित भएका छन् ।

उनले ८ हजार १४३ मत ल्याएका छन् । उननका प्रतिस्पर्धी राप्रपाकी निमसरी राजवंशीले ६ हजार ८०२ मत पाएकी छिन् ।


क्लिकमान्डु