सेयर बजारमा पहिरो, कारोबार रकम पनि न्यून



काठमाडौं । सेयर बजारमा पहिरो गएको छ । मंगलबारको कारोबारमा पहिलोजाँदा कारोबार रकम पनि निकै घटेको छ ।

बजार मापन गर्ने सूचक ८४.९० अंकले घटेर परिसूचक २२६५.५२ बिन्दुमा रोकिएको छ । कारोबारको सुरु देखि नै घटेको बजार अन्तिम समयसम्म पनि कायमै रह्यो । २२१ कम्पनीको ३५ लाख ९५ हजार ७४८ कित्ता सेयर १ अर्ब ६४ करोड ४० लाख ९६ हजार १९२ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा सबै समूहको उपसूचक राताम्मे भएको छ । बैंकिङ समूहको ३७.९५, विकास बैंैक १६३.६९, वित्त कम्पनी १०१.८७, जलविद्युत १४२.५०, जीवन बीमा ५९२.५९, माइक्रोफाइनान्स १४३.२८, जीवन बीमा समूहको उपसूचक ४८५.८१ अंकले घटेको छ ।

कारोबारमा ४ वटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यूनाइटेड इन्स्योरेन्स, लुम्बिनी जनरल इन्योरेन्स, सुर्योदय वमी लघुवित्त वित्तीय संस्था, बुद्धभुमी हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।


क्लिकमान्डु