राप्तीसोनारीको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी



काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्ष तप्तबहादुर पौडेलले १० हजार ११२ र उपाध्यक्षमा मनिषासिंह थारुले १० हजार १३४ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत टोपेन्द्र केसीले जानकारी दिए ।

उनका अनुसार पौडेलका निकटतम् प्रतिद्वन्द्वी नेकपा मओवादी केन्द्रका पट्टु थारुले ९ हजार २९२ र नेकपा एमालेका रामदास थारुले ९ हजार १४० मत प्राप्त गर्नुभएको हो । यसैगरी थारुकी निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी चमेली बागवलले ९ हजार ३४१ र माओवादी केन्द्रकी मञ्जु रोकायाले ८ हजार ७९३ मत प्राप्त गर्नुभएको छ ।

सो पालिकामा नेकपा एमालेले पाँच, राप्रपा एक र माओवादी केन्द्रले तीन वडामा विजयी भएका छन् । कूल ३२ हजार ९६७ खसेको मतमा करिब सात प्रतिशत अध्यक्ष र उपाध्यक्षमा बदर भएको निर्वाचन अधिकृत केसीले जानकारी दिए ।


क्लिकमान्डु