सिदिङ्वाको अध्यक्षमा एमाले विजयी



काठमाडौं । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको अध्यक्षमा एमालेका मानबहादुर राई र उपाध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका कृष्णकुमारी कडरिया (बन्दना) एक मतले विजयी भएका छन् ।

राई तीन हजार ८५ मतका साथ अध्यक्षमा विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वीले दुई हजार ३८२ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । उनीहरुको ७०३ मतको मत अन्तर रहेको छ ।

उपाध्यक्षमा गठबन्धनतर्फ माओवादी केन्द्रकी उम्मेदवार कृष्णकुमारी कडरीया (बन्दना) एक मतान्तरले विजयी भएकी छिन् । कडरियाले दुई हजार ३७६ र स्वतन्त्र उम्मेदवार जीवनकुमार ताम्लिङले दुई हजार ३७५ मत प्राप्त गरेका छन् ।

कडरीया माओवादीबाट अघिल्लो पटक सोही पालिकाको उपाध्यक्षमा निर्वाचित भएका हुन् । ताम्लिङले गठबन्धनको निर्देशन नमानेको र पार्टीले कारबाही गरेसँगै उनी स्वतन्त्ररुपमा उम्मेदवार बनेका हुन् ।


क्लिकमान्डु