पौने ११ बजेसम्म बालेनको मत स्थापितभन्दा ५ हजार बढी, कुन वडाबाट कति ?



काठमाडौं । काठमाडौं महानगर मेयरका प्रत्यासी बालेन साहले फराकिलो मतान्तर कायम राख्दै अग्रता कायम राखेका छन् ।

लौरो चुनाव चिन्ह लिएर चुनावमा होमिएका स्वतन्त्र उम्मेदवार साह निकटम प्रतिद्वन्द्वी एमाले उम्मेदवार केशव स्थापितभन्दा ५ हजार ५८ मतले अगाडि छन् ।

स्थापितले कुल ५ हजार ८४१ मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार सिर्जना सिंहले ५ हजार ११४ मत प्राप्त गरेकी छन् ।

हाल गणना भइरहेका ८ वटा सबै वडामा बालेनले अग्रता कायम गरेका छन् ।

जसमध्ये वडा नम्बर १ र २ को मतगणना सकिएको छ । वडा नम्बर १ मा बालेनले ७८३ मत प्राप्त गर्दा, स्थातिपले ३६५ मत र सिंहले ४५१ मत प्राप्त गरेका छन् । साथै, वडा नम्बर २ मा साहले १ हजार २२० मत प्राप्त गर्दा स्थापितले ७२८ र सिंहले ४९७ प्राप्त गरेकी छन् ।

वडा नम्बर ३ मा साहले १ हजार ७१८ मत प्राप्त गर्दा स्थापितले ८९९ र सिंहले ८५४ मत प्राप्त गरेकी छन् । वडा नम्ब्र ४ मा साहले २ हजार १०२ मत, स्थापितले १ हजार ४९ र सिंहले ८४२ मत प्राप्त गरेका छन् ।

वडा नम्बर ५ मा साहले ९८७ मत प्राप्त गर्दा स्थापितले ७०९ मत र र्सिहले ५ सय मत प्राप्त गरेकी छन् । साथै, वडा नम्बर ६ मा बालेनले ५६८ मत प्राप्त गर्दा स्थापितले ३४८ मत र सिंहले ४४८ मत प्राप्त गरेकी छन् ।

त्यसैगरी वडा नम्बर ३१ मा साहले १ हजार ११९ मत, स्थापितले ६५८ मत र सिंहले ६४२ मत प्राप्त गर्दा वडा नम्बर ३२ मा बालेनले २ हजार ४०२ मत, स्थापितले १ हजार ८५ मत र सिंहले ८८० मत प्राप्त गरेका छन् ।


क्लिकमान्डु