तारकेश्वरको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी



काठमाडौ । काठमाडौँको तारकेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । सम्पन्न मतगणनामा कांग्रेसका उम्मेदवार कृष्णहरि महर्जनले ११ हजार २२३ मत ल्याएर विजय भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार रामेश्वर बोहोराले सात हजार ३५९ मत प्राप्त गरेको नगरपालिकाका निर्वाचन अधिकृत चपला पोखरेलले जानकारी दिए । यस्तै नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार लवकुमार बस्नेतले २ हजार २०६ मत प्राप्त गरेका छन् ।

यस्तै उपप्रमुखमा कांग्रेसकै उम्मेदवार सिर्जना बुर्लाकोटीले १० हजार २२४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार भवानी डोटेलले सात हजार ५६३ मत प्राप्त गरेको निर्वाचन अधिकृत पोखरेलले बताए । यस्तै उपप्रमुखमा माओवादीका उम्मेदवारले दुई हजार ६९५ मत प्राप्त गेका छन् ।

११ वडा रहेको तारकेश्वरमा ३५ हजार ८२ मतदाता रहेकामा २६ हजार ७०२ मत खसेको थियो । खसेको मतमध्ये प्रमुख पदमा दुई हजार ४१० र उपप्रमुख पदमा दुई हजार ९६३ मत बदर भएको निर्वाचन अधिकृत पोखरेलले बताए ।


क्लिकमान्डु