जनकनन्दनीमा जसपाका यादव विजयी



काठमाडौं । धनुषाको जनकनन्दनी गाउँपालिकाको अध्यक्ष पदमा जनता समाजवादी पार्टीका दिपीनदेव यादवले ३ हजार १५८ मत प्राप्त गरी विजय हासिल गरेका छन् ।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुदेशकुमार चौधरीले २ हजार ७७८ मत प्राप्त गर्नुभएको अधिकृत ठूलोबाबु दाहालले जानकारी दिए ।

यसैगरी उपाध्यक्षमा कांग्रेसका कमला सहगल २ हजार ९९८ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी जसपाका गीता सुडीले २ हजार ८४० मत प्राप्त गरिन् ।

कूल छवटा वडा रहेको सो गाउँपालिकामा कूल १६ हजार ६३३ मतदाता रहेका थिए । तीमध्ये गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा ११ हजार ६३० जनाले मतदान गरेको थिए ।

यसैबीच जनकपुरधाम उपमहानगरपालिका वडा नं ४ को वडाध्यक्षमा कांग्रेसका सुरेश झा ८३३ मतसहित निर्वाचित हुनुभएको छ भने वडा नं ५ को वडाध्यक्षमा एमालेका बेचन साह २९१ मतसहित विजयी भएका हुन् ।


क्लिकमान्डु