रिभर फल्सको आइपीओमा माग भन्दा ६.५ गुणा बढि आवेदन



काठमाडौं । रिभर फल्स पावरको साधारण सेयर (आइपीओ)मा माग भन्दा बढी आवेदन परेको छ ।

अहिलेसम्म आइपीओमा माग भन्दा ६.४७ गुणा बढी आवेदन परेको छ । २७ लाख ३० हजार कित्ता मध्ये सामुहिक लगानी कोषलाई १ लाख ३६ हजार ५ सय कित्ता र कर्मचारीलाई ५४ हजार ६ सय कित्ता छुट्याएर बाँकी २५ लाख ३८ हजार ९ सय कित्ता सेयर निष्काशन गरिएको थियो ।

जसमा अहिलेसम्म १४ लाख १३ हजार ५ जना सर्वसाधारण लगानीकर्ताले १ अर्ब ६४ करोड ३६ लाख १४ हजार रकम बराबरको १ करोड ६४ लाख ३६ हजार १ सय ४० कित्ता सेयरमा आवेदन दिएका छन् ।

आइपिओको निष्काशन तथा बिक्री प्रबन्धकको कार्य प्रभु क्यापिटल रहेको छ । आइपीओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने छ । आइपिओमा बुधबारसम्म आवेदन दिन सकिने छ ।


क्लिकमान्डु