करिब ५ हजार मतले अघि रहेका बालेनको सबै वडामा अग्रता, कुनमा कति ?



काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार बालेन्द्र साह (बालेन)ले निकटतम प्रतिस्पर्धी केशव स्थापितलाई करिब ५ हजार मतले पछि पारेका छन् ।

पछिल्लो अपटेड अनुसार साहले १० हजार ४८१ मत लाएका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ५ हजार ६१८ मत पाएका छन् । साह र स्थापितको मतान्तर ४ हजार ८६३ रहेको छ । यस्तै काँग्रेसकी उम्मेदवार सृजना सिंहले ४ हजार ८६८ मत पाएकी छिन् ।

अहिलेसम्म २ वटा वडाको मतगणना सकिएको छ । ६ वटाको मतगणना जारी रहेको छ । मतगणना सकिएका र जारी रहेका सबै वडामा बालेनले नै अग्रता कायम गरेका छन् । वडा नम्बर १ मा बालेनले ७८३ मत पाउँदा स्थापितको ३६५ मत रहेको छ । २ मा बालेनले १२२० मत पाँउदा स्थापितले ७२८ मत पाएका छन् ।

यस्तै गणना जारी रहेको वडा ३ मा बालेनले १६४६ मत पाएका छन् भने स्थापितको ८६३ मत रहेको छ । यता वडा ४ मा बालेनले २०५४ मत पाउँदा स्थापितको १०३८ मत मात्रै रहेको छ ।

वडा ५ मा बालेनले ९२० मत पाउँदा स्थापितले ६५१, वडा ६ मा बालेनले ५३७ मत पाउँदा स्थापितले ३२८, वडा ३१ मा बालेनले १०१४ मत पाउँदा स्थापितले ५९८ मत पाएका छन् ।

यस्तै वडा नम्बर ३२ मा बालेनले सबैभन्दा धेरै २३०७ मत पाएका छन् । उक्त वडामा स्थापितलेृ १०४६ मत पाएका छन् ।


क्लिकमान्डु