भक्तपुर नगरपालिकाका सबै पदमा नेमकिपा विजयी



काठमाडौं । भक्तपुर नगरपालिकाको प्रमुख, उपप्रमुख तथा वडाध्यक्षसहित सबै पदमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले विजय हासिल गरेको छ ।

नगरको १० वटै वडामा अध्यक्ष तथा सदस्य पदमासमेत नेमकिपाले दोस्रो पटक विजय हासिल गरेको हो । नगर प्रमुखमा सुनिल प्रजापतिले २९ हजार २०० मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका राम कासुलाले ३ हजार ३५२ मत प्राप्त गरेका छन् । प्रमुखका अर्का उम्मेदवार नेकपा (एमाले) का रविन्द्र लाछिमस्यूले २ हजार ८३७ मत प्राप्त गरेका छन् ।

त्यस्तै प्रमुखकै उम्मेदवार सत्यराम त्वायनाले २ हजार ३४५, राष्ट्रिय प्रजातन्त्र पार्टीका बद्री लाखाजुले १ हजार १३८ र नेकपा (माओवादी केन्द्र) का तुलसीभक्त सुवालले ७४२ मत प्राप्त गरे ।

त्यसैगरी उपप्रमुखमा नेमकिपाकी रजनी जोशी २९ हजार ६९५ मतसहित निर्वाचित हुँदा उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेकी रञ्जना चापागाईं खर्वुजाले २ हजार ७८४ मत प्राप्त गरेका छन् ।

त्यस्तै वडा–१ अध्यक्षमा श्यामकृष्ण खत्री, २ मा हरिप्रसाद बासुकला, ३ मा राजकृष्ण गोरा, ४ उपेन्द्र सुवाल, ५ मा योगेन्द्रमान बिजुक्छे, ६ मा हरिराम सुवाल, ७ मा उकेश कवाँ, ८ मा कृष्णप्रसाद कोजू, ९ मा रविन्द्र ज्याख्व र वडा–१० मा लक्ष्मी प्रसाद ह्यौंंमिखा विजयी भएका छन् ।


क्लिकमान्डु