भरतपुरमा विजय सुवेदीसँग रेनु दाहाल ७३ मतले पछि परिन्



चितवन । भरतपुर महानगरको मतगणनाको नतिजा निकै रोचक बन्दै गएको छ ।

एमाले उम्मेदवार विजय सुवेदी र माओवादीकी उम्मेदवार रेनु दाहालबीच निकै तीब्र प्रतिस्पर्धा भइरहेको छ ।

पछिल्लो अपडेटअनुसार रेनुको भन्दा विजयको ७३ मत बढी रहेको छ । पछिल्लो अपडेट अनुसार सुवेदीले ४६ सय २५ मत ल्याएका छन् भने दाहालले ४५ सय ५२ मत ल्याएकी छन् ।

सुवेदी र दाहालबीचको मतान्तर निकै कम रहँदै आएको छ ।


क्लिकमान्डु