भारतीय डलर अर्बपति अडानीले १३ खर्बमा अम्बुजा र एसीसी टेकओभर गर्ने



एजेन्सी । भारतीय अर्बपति व्यवसायी गौतम अडानीको ग्रुपले अम्बुजा र एसीसी सिमेन्ट टेकओभर गर्ने भएको छ ।

र, यसका लागि १०.५ अर्ब डलर अर्थात् करिब १३ खर्ब नेपाली रुपैयाँका डिल गरिएको छ । ग्रुपका अध्यक्ष गौतम अडानीले गत साता सम्झौताका लागि लन्डन र आबुधाबी पुगेका थिए ।

एसीसी अर्थात् एसोसिएटेड सिमेन्ट कम्पनीजको स्वामित्व होलसिम कम्पनीसँग छ । यो स्वीजरल्याण्डको बिल्डिङ मटेरियल कम्पन िहो । एसीसीको शुरुवात सन् १९३६ अगष्ट १ तारिखमा मुम्बईदेखि शुरु भएको थियो ।

हाल अडानी ग्रुपले ग्रीन इनर्जी, आयल एण्ड ग्यास, माइनिङ, एयरपोर्ट अपरेसन, कन्स्ट्रक्सन, फूड प्रोसेसिङलगायतका कम्पनीमा लगानी गरेको छ ।

एसीसी सिमेन्ट अन्तर्गत १७ वटा सिमेन्ट प्लान्ट, ९ वटा क्याप्टिभ पावर प्लान्ट, ५६ हजार च्यानल पार्टनर, ८५ रेडि मिक्स कंक्रिट प्लान्टका साथै ६ हजार ६४३ जना कर्मचारी छन्।


क्लिकमान्डु