सवा ५ बजेसम्म स्थापित र सिंहको कुल मतभन्दा बालेनको करिब दोब्बर



काठमाडौं । भृकुटिमण्डपस्थित राष्ट्रिय सभागृहमा काठमाडौं महानगरको मतगणना भइरहेको छ । हाल काठमाडौं महानगरका वडा नम्बर १, २, ३, ४, ३१ र ३२ वडाको मतगणना भइरहेको छ ।

पछिल्लो सवा ५ बजेको विवरण अनुसार मेयरका प्रत्यासी बालेन साह ३ हजार ५३२ मतका साथ शीर्ष स्थानमा छन् ।
बालेनभन्दा धेरैपछि एमाले उम्मेदवार केशव स्थापित र कांग्रेस उम्मेदवार सिर्जना सिंह छन् । स्थापित र सिंह दुबैले पाएको कुल मतभन्दा करिब दोब्बर मत साहले प्राप्त गरेका छन् ।

बालेनले ३५३२ मत प्राप्त गर्दा स्थापित र सिंह दुबै मिलेर ३६२६ मत प्राप्त गरेका छन् ।

कुन वडामा कति मत ?
त्यसैगरी वडा नम्बर १ मा साहले ७०७ मत प्राप्त गर्दा स्थापितले ३२१ र सिंहले ३९८ मत प्राप्त गरेका छन् । वडा नम्बर २ मा साहले ७१७ मत ल्याउँदा स्थापितले ४४१ र सिंहले २७९ मत ल्याएका छन् ।

साथै, वडा नम्बर ३ मा साहले ४९१ मत ल्याउँदा स्थापितले २८० र सिंहले ३५५ मत ल्याएका छन् । वडा नम्बर ४ मा साहले ७३३ मत ल्याउँदा स्थापितले ३६१ मत र सिंहले ३३२ मत ल्याएका छन् ।

आज अवेरदेखि शुरु भएको वडा नम्बर ३१ मा साहले १०७, स्थातिले ६५ र सिंहले ७६ मत ल्याएका छन् । साथै, वडा नम्बर ३२ मा बालेनले ७७७ मत, स्थापितले ३७९ मत र सिर्जना सिंह ३३० मत ल्याएका छन् ।


क्लिकमान्डु