भरतपुरः रेणु दाहालभन्दा कांग्रेसका उपप्रमुखको १५४ मत बढी, कांग्रेसका बागी उम्मेद्वारको ४३० मत



भरतपुर । गठबन्धनका तर्फबाट भरतपुर महानगरको मेयरको उम्मेद्वार रहेकी रेणु दाहालभन्दा कांग्रेसका उपप्रमुखका उम्मेद्वारले १५४ मत बढी ल्याएका छन् । पछिल्लो मत परिणम अनुसार मेयरकी उम्मेद्वार रेणुले १२०८ मत ल्याएकी छन् भने कांग्रेसका उपमेयरका उम्मेद्वार चित्रसेन अधिकारीले १३६२ मत ल्याएका छन् ।

मेयर पदमा कांग्रेसका बागी उम्मेद्वार जगन्नाथ पौडेलले ४३० मत ल्याएका छन् ।

मेयरमा रेणुसँग प्रतिस्पर्धा गरिरहेका राप्रपा एमाले गठबन्धनका उम्मेद्वार बिजय सुवेदीले १०८७ मत प्राप्त गरेका छन् । सुवेदीले प्राप्त गरेको मत दाहालको भन्दा १२१ म्त कमी हो ।

कांग्रेसका पौडेलले बागी हालेका कारण माओवादी अध्यक्ष प्रचण्डकी छोरी समेत रहेकी रेणुलाई निकै ठूलो सकस पर्ने देखिन्छ ।

एमालेले भरतपुरमा राप्रपासँग गठबन्धन गरेको छ । राप्रपाका हिमला गुरुंगले ८८७ मत प्राप्त गरेकी छन् । कांग्रेसका उपमेयरका उम्मेद्वार अधिकारीभन्दा राप्रपाकी उम्मेद्वार गुरुंगले प्राप्त गरेको मत ४७५ मतले कम हो ।


क्लिकमान्डु