यो सातादेखि शुक्रबार पनि सेयर कारोबार हुने, समय बढाउने तयारी



काठमाडौं । सरकारले आज (जेठ १ गते) देखि सातमा २ दिन सार्वजनिक बिदा दिएको छ । सरकारको उक्त निर्णयसँगै आइतबार पनि सार्वजनिक विदा भएको छ ।

सरकारले २ दिन सार्वजनिक विदा दिएका कारणा सेयर बजार शुक्रबार पनि खुल्ने भएको छ । त्यसका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले पनि सूचना जारी गरिसकेको छ ।

यो साता भने मंगलबार मात्रै सेयर कारोबार हुने भएको छ । सोमबार बुद्ध जयन्ती भएका कारण सार्वजनिक विदा रहेको छ । जसले गर्दा मंगलबार मात्रै सेयर बजार खुल्ने छ ।

कारोबार समय बढाउने तयारी

धितोपत्र बोर्ड सेयर कारोबार समय बढाउने तयारीमा जुटेको छ । अहिलेको भन्दा १ घन्टा समय थप गर्न तर्फ बोर्ड लागेको छ । हाल सेयर कारोबार दैनिक ११ देखि ३ बजेसम्म हुने गरेको छ ।

प्रि-ओपनिङ साढे १० देखि पौने ११ सम्म हुने गरेको छ । बोर्ड कारोबार समय थपेर ५ घन्टा पुर्याउने तयारीमा जुटेको छ । तर, त्यसका लागि धितोपत्र दलाल व्यवसायीले सहमति जनाउनु पर्ने छ ।

ब्रोकरहरुले नमानेको खण्डमा कारोबार समय थपिने छैन । स्रोतका अुनसार बोर्ड कारोबार समय साढे १० देखि साढे ३ बजेसम्म पुर्याउने तयारीमा रहेको छ । यो विषयमा निर्णय भने भइसकेको छैन । अहिले छलफलको विषय मात्रै बनेको छ ।


क्लिकमान्डु