चुनाव सकिएपछि सरकारले दियो जनतालाई महंगी उपहार: पेट्रोल १० रुपैयाँले बढ्यो
काठमाडौं। स्थानीय निर्वाचन सकिएको अर्कोदिन सरकारले जनतालाई महंगी उपहार दिएको छ ।
नेपाल आयल निगमले पेट्रोलको मूल्य लिटरमा १० रुपैयाँले बढाएको छ ।
निगमले पेट्रोल तथा डिजलको मूल्य १० रुपैयाँले बढाएको हो । अब नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १७० तथा डिजेलको १५३ रुपैयाँ हुने छ ।