भारतले गहुँ निर्यातमा लगायो प्रतिबन्ध



भारत सरकारले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ । उपभोक्ता मुद्रास्फिती बढेर ७.७९ प्रतिशत पुगेपछि सरकारले प्रतिबन्ध लगाएको हो ।

जसका कारण अब भारतबाट नेपाल आउने गहुँ रोकिनेछ । तर यो अल्पकालीन निर्णय मात्रै भए पनि कति समयका लागि प्रतिबन्ध लगाइएको हो उल्लेख गरिएको छैन ।

यद्यपि भारत सरकारको अनुमति लिएर कुनै देशको खाद्य सुरक्षा बचाउनका लागि र विशेष सम्झौता भएका मुलुकहरुमा बाहेक अन्य सबै खाले निर्यातका लागि प्रतिबन्ध लगाइएको हो ।

पछिल्लो समय युक्रेन र रुसबीचको युद्धका कारण गहुँको मूल्य निकै बढेको थियो । भारत सरकारले मुलुकभित्र बढ्दो खाद्य सुरक्षा र महंगीलाई ध्यानमा राख्दै निर्यातमा रोक लगाउने निर्णय गरेको हो ।


क्लिकमान्डु