जनकपुरमा स्वतन्त्र उम्मेद्वार मनोज साह अगाडि, गठबन्धनका उम्मेद्वार पछाडि



जनकपुर । जनकपुर उपमहानगरपालिकामा स्वतन्त्र उम्मेद्वार मनोज साह अगाडि देखिएका छन् । प्रारम्भिक मतगणनामा साहले १३५ मत ल्याएका छन् ।

दोस्रो स्थानमा एमाले उम्मेदवार शिवशंकर साले ४५ मत ल्याएका छन् । यस्तै अर्का स्वतन्त्र उम्मेद्वार बलराम महतोले ३३ तथा सरकारमा सहभागी दलको गठबन्धनबाट उम्मेद्वार बनेका लालकिशोर साहले २८ मत पाएका छन् ।


क्लिकमान्डु