प्रारम्भिक मतगणनामा नेपाली कांग्रेस अगाडि



काठमाडौं । स्थानीय तह निर्वाचनको प्रारम्भिक मतगणनामा नेपाली कांग्रेस अगाडि देखिएको छ ।

अहिलेसम्म ८५ वटा स्थानीय तहमा नेपाली कांग्रेस,५३ वटामा नेकपा एमाले अगाडि छन् । माओवादी २८ तथा एकीकृत समाजवादी ३ वटा स्थानीय तहमा अगाडि छ ।

अहिलेसम्म ७ वटा स्थानीय तहको परिणाम आएको छ । जसमा कांग्रेस र एमालेले ३ वटा र समाजवादीले २ वटा स्थानीय तह जितेका छन् । प्रमुख सहरहरुको भने मतगणना अब सुरु हुने क्रममा रहेको छ ।


क्लिकमान्डु