ओपनियन पोलः पोखरा महानगरमा एमालेले जित्ने
काठमाडौं । पोखरा महानगरको मेयर पदमा एमालेका उम्मेदवारले विजयी हुने सम्भावना देखिएको छ ।
फ्याक्टस नेपालले गरेको ओपनियन पोलमा मेयरमा एमाले उम्मेदवारले जित्ने सम्भावना ४१.७ प्रतिशत छ । उपमेयरमा पनि नेकपा एमालेका उम्मेदवारको सम्भावना ४८.१ प्रतिशत छ ।
ओपनियन पोलले ललितपुरमा कांग्रेस, वीरगञ्जमा जपसाका उम्मेदवार, बिराटनगरमा कांग्रेसका उम्मेदवार, सर्लाहीको मंलगवामा कांग्रेसका उम्मेदावरले जित्ने प्रक्षेपण गरेको छ ।