बिरेन्द्रनगरको मेयरमा गठबन्धन र उपमेयरमा एमालेको सम्भावना बलियो



काठमाडौं । सुर्खेत जिल्लाको बिरेनद्रनगर नगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार र उपमेयरमा नेकपा एमालेको उम्मेदवार विजयी हुने सम्भावना देखिएको छ ।

फ्याक्टस् नेपालले गरेको एक्जिट पोलमा गठबन्धनका उम्मेदवारले जित्ने सम्भावना ४६.८ प्रतिशत छ । साथै, नेकपा एमालेले जित्ने सम्भावना २७.८ प्रतिशत, राप्रपाको १८.५ प्रतिशत, अन्य पार्टीको सम्भावना ५.९ प्रतिशत र स्वतन्त्र उम्मेदवारको सम्भावना १.५ प्रतिशत देखिएको छ ।

एक्जिट पोल अनुसार मतदाताहरुले अघिल्लो नेतृत्वसँग खुसी भएको बताएका छन् । जसमा अघिल्लो नेतृत्वसँग ५८ प्रतिशत खुसी र ४२ प्रतिशत खुसी नभएको बताएका छन् ।

विरेन्द्रनगरमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच तालमेल छ । कांग्रेसबाट मेयरमा उपेन्द्र खड्का उम्मेद्वार छन् भने एमालेबाट मेयरबाट मोहनमाया भण्डारीको उम्मेद्वारी छ ।

यस्तै उपमेयरमा माओवादी केन्द्रबाट शान्ती ढकाल तथा एमालेबाट निलकण्ढ ढकालले उम्मेद्वारी दिएका छन् ।


क्लिकमान्डु