फ्याक्टस् नेपालको एक्जिट पोल: मंलगवामा कांग्रेसअगाडि



काठमाडौं । सर्लाहीको मंलगवा नगरपालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार अगाडि देखिएका छन् ।

फ्याक्टस् नेपालले गरेको एक्जिट पोलमा कांग्रेसका उम्मेदवारले जित्ने सम्भावना ७०.३ प्रतिशत छ । साथै, नेकपा एमालेले जित्ने सम्भावना १२.६ प्रतिशत, अन्य पार्टीको सम्भावना १२.५ प्रतिशत र स्वतन्त्रको सम्भावना ४.५ प्रतिशत देखिएको छ ।

मतदाताहरुले उम्मेदवार छान्ने आधार व्यक्तित्वमा ६३.५ प्रतिशत, दलको हकमा २४.१ प्रतिशत, सम्बन्धका आधारमा ४.६ प्रतिशत, जातका आधारमा ४.४ प्रतिशत र अन्य आधारमा ३.४ प्रतिशत देखिएको छ ।

एक्जिट पोल अनुसार मतदाताहरुले अघिल्लो नेतृत्वसँग खुसी भएको बताएका छन् । जसमा अघिल्लो नेतृत्वसँग ६६ प्रतिशत खुसी र ३४ प्रतिशत खुसी नभएको बताएका छन् ।


क्लिकमान्डु