६५ प्रतिशतसम्म भोट् खस्ने निर्वाचन आयोगको अनुमान



काठमाडौं । निर्वाचन आयोग नेपालले स्थानीय तह निर्वाचन २०७९ मा ६५ देखि ७२ प्रतिशतसम्म मतदान हुने आँकलन गरेको छ ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगले स्थानीय तहको निार्वचनमा ६५ देखि ७२ प्रतिशतसम्म मतदान हुने आँकालन गरेको बताए ।

३ बजेसम्म ४६ प्रतिशत मत खसेको र सो क्रम ५ बजेसम्म जारी रहेने छ ।

प्रमुख आयुक्त थपलियाले देशभरका ३२ वटा मतदान केन्द्रमा भने विभिन्न राजनीतिक दलका उम्मेदवारहरुबीचको द्वन्द्वका कारण मतदान स्थगित भएको तर रद्ध नभएको बताए ।

मतदान कार्य साँझ ५ बजेसम्म चल्ने भएकोले अझै मतदाताहरुले आफ्नो मताधिकार प्रयोग गरेर मत हाल्न सक्ने बताए ।

प्रमुख आयुक्त थपलियाले अहिले सप्तरी, बझाङ, बाजुरा, बारा र रौतहटका केही मतदान स्थलमा उम्मेदवारकै प्रतिनिधिले मतपेटिकामाथि आक्रमण गर्ने कार्य भइरहेकोप्रति चिन्ता व्यक्त गरे ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गोप्य हुनुपर्ने मतदानलाई प्रचारप्रसारका लागि सार्वजनिक गरेको भन्दै स्पष्टीकरण सोधिसकेको र यदी सत्य प्रमाणित भएमा कानूनअनुसार कारबाही हुने बताए ।

प्रमुख आयुक्त थपलियाले मतदान सकिएका स्थानमा आज ८ बजेबाट मतगणना कार्य प्रारम्भ हुने र सम्पूर्ण मतगणनाको नतिजा ५ दिनभित्र सक्ने कार्ययोजना बनाएको बताए ।

आयोगले जेठ ५ गतेभित्र सबै निर्वाचनको काम सक्ने लक्ष्य राखेको पनि बताए ।


क्लिकमान्डु