बंगलादेश सरकारद्धारा सबै सरकारी अधिकारीलाई विदेश भ्रमणमा रोक



एजेन्सी । बंगलादेश सरकारले सबै सरकारी अधिकारीहरुका विदेश भ्रमणमा रोक लगाएको छ । अर्थतन्त्र निकै कठिन अवस्थामा पुगेको भन्दै विकास बजेट या अन्य कुनै बजेटबाट विदेश भ्रमण गर्न रोक लगाइएको हो ।

सरकारले कोभिडपछिको अर्थतन्त्रको सुधारका लागि विभिन्न कार्यक्रमहरु ल्याएको जनाएको छ । ती कार्यक्रमहरुमा सहयोग गर्न सबै सरकारी अधिकारीहरुलाई यहाँको अर्थ मन्त्रालयले आग्रह गरेको छ । अर्थ मन्त्रालयले सूचना जारी गरेर सरकारी भ्रमणहरु सबै प्रकारका हाललाई रोकिएको जनाएको छ ।

केन्द्रीय बैंकले बंगलादेशमा विलासिताका र अत्यावश्यक बाहेकका वस्तुहरु आयातमा रोक लगाएको छ । केन्द्रीय बैंकले आर्थिक सुधार र मितव्ययीता सम्बन्धी कार्यक्रमहरु ल्याएको थियो । उक्त कार्यक्रममा सरकारी अधिकारीहरुले गर्ने विदेश भ्रमणका साथै विलासिताका सामानहरुको आयातमा रोक लगाइएको छ ।
सरकारले वैदेशिक मुद्राको सञ्चिती घट्दै गएको भन्दै खाद्यान्न सहितको अत्यावश्यक बाहेकका अरु सामानहरुको आयातमा रोक लगाइएको बताइएको छ ।


क्लिकमान्डु