एफवान सफ्टका अध्यक्ष ढकाल विश्व प्रविधि जगतका १०० चेञ्जमेकरको सूचीमा



एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल विश्व प्रविधि जगतका सय चेञ्जमेकरको सूचीमा परेका छन् ।

ढकाल ग्लोबल टेक चेञ्जरहरूको ‘रेष्ट अर्फ वर्ल्ड’को सय जनाको सूचीमा पर्न सफल भएका हुन् । विश्वमा प्रविधिको क्षेत्रमा काम गर्ने नवीन खोजकर्ता, नेतृत्वकर्ता, संस्थापक, लगानीकर्ता र नवप्रवर्तन गतिविधि गर्ने पश्चिमा देशबाहेकका सय जनालाई यो सूचीमा समावेश गरिन्छ ।

ढकालले सामूहिक रूपमा कसरी उत्पादन बनाइन्छ र वितरण गरिन्छ ? कसरी उद्यमीहरूलाई लगानी गरिन्छ र कसरी प्राविधिक प्रयोगकर्तालाई उनीहरूको स्थानीय बजारभन्दा टाढा सुरक्षित गरिन्छ भन्ने कुरामा ठूलो प्रभाव पारेको रेष्ट अफ वर्ल्डको सम्पादकीय टिमले जनाएको छ ।

‘रेष्ट अफ वर्ल्ड’को सूचीमा विश्वव्यापी रूपमा आधारित रिपोर्टहरू र सम्पादकहरूको नेटवर्कद्वारा छनोट गरी समावेश गराइन्छ । टेक्नोलोजी इकोसिस्टमबाट आफ्नो क्षेत्र तथा समुदायमा पारेको प्रभावका आधारमा यस सूचीमा समावेश गरिन्छ ।

‘रेष्ट अफ वर्ल्ड’ सूचीमा विश्वव्यापी पहुँच भएका कार्यकारीहरू, नवप्रवर्तन सक्षम गर्ने लगानीकर्ताहरू, उदीयमान उद्यमीहरू र खुला एवं समतामुलक भविष्यका लागि काम गर्ने व्यक्तिहरूलाई समावेश गरिन्छ ।

सूचीमा समावेश भएपछि एफ वान सफ्ट गु्रपका अध्यक्ष ढकालले देशमा आमुल परिवर्तनको परिकल्पना गरेको बताए । ’ ‘रेष्ट अफ वर्ल्ड’ले आफ्नो परिकल्पनालाई पहिचान गरेर सूचीमा समावेश गरेकोमा आभार व्यक्त गर्दै उनले भने, ‘म विश्वस्त छु कि यसले सार्थक परिवर्तन ल्याउन सहयोग गर्नेछ ।’ उनले भने ।

यसअघि ढकाल २०१७ मा ‘म्यानेजर अफ द इयर’बाट सम्मानित भइसकेका छन् ।

अमेरिकी राज्य विभागले इन्टरनेशनल भिजिटर लिडरसिप प्रोग्राम र ग्लोबल उद्यमी समिट २०१६ मा नेपालबाट चयन पनि भएका छन् ।

‘रेष्ट अफ वर्ल्ड’ सूचीले स्थानीय नवप्रवर्तन र विश्वव्यापी प्रचलनहरू, तिनीहरूका प्रभावहरूबीचको बिन्दुहरू जोड्ने विश्वको बाँकी लक्ष्यलाई प्रतिबिम्बित गर्दछ । विश्वका विभिन्न क्षेत्रमा बस्ने र काम गर्ने पत्रकारहरूसँग साझेदारी गर्दै रेष्ट अफ वर्ल्डले विगत दुई वर्षमा ९० भन्दा धेरै देशबाट ७ सय ५० भन्दा धेरै प्रकाशनहरु प्रकाशित गरिसकेको छ ।

‘अहिले सबैभन्दा रोमाञ्चक र नविन आविष्कार पश्चिमा देश बाहिर भइरहेको छ, जुनसुकै क्षेत्रमा पनि उद्यमी बन्न गाह्रो छ । तर उदीयमान अर्थतन्त्रहरुमा केही कुरा निर्माण गर्दा वित्तीय एवं राजनीतिक चुनौती भएपनि ती शक्तिहरुले हिरा बनाउँछन्’ उनी भन्छन्, ‘हामी विश्वास गर्छौँ कि हाम्रो टोलीले रेष्ट अफ वल्र्डको सूचीका लागि चयन गरेका नेतृत्वहरु छिटो, थप नविन, अधिक विचारशील र नयाँ विचारहरु निर्माण गर्न अग्रसर छन् ।’

रेष्ट अफ वर्ल्डले यही मे १२ मा विश्वब्यापी भर्चुअल प्यानल श्रृंखला घोषणा गर्दैछ । २४ घण्टाभित्र विश्वभर फैलिएका तीनवटा छुट्टाछुट्टै प्यानलका सदस्यहरुले प्रभावशाली रोस्टर प्रस्तुत गर्नेछन् ।


क्लिकमान्डु