जेठ १ देखि बैंक तथा वित्तीय संस्था साढे ९ देखि साढे ५ बजेसम्म खुल्ने, यस्तो छ राष्ट्र बैंकको सर्कुलर



काठमाडौं । जेठ १ गतेदेखि बैंक तथा वित्तीय संस्था, पूर्वाधार विकास बैंक, नेपाल क्लियरिङ हाउस बिहान साढे ९ देखि अपरान्ह साढे ५ बजेसम्म खोल्नुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था, पूर्वाधार विकास बैंक, नेपाल क्लियरिङ हाउसलाई सर्कुलर जारी गर्दै साढे ९ देखि साढे ५ बजेसम्म खोल्न सर्कुलर जारी गरेको छ ।

राष्ट्र बैंकद्वारा जारी सर्कुलरमा जेठ १ देखि प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा हुने छ । सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान साढे ९ देखि अपरान्ह साढे ५ बजेसम्म हुने छ । तर कात्तिक १६ देखि माघ १५ गतेसम्म बिहान साढे ९ देखि अपरान्ह साढे ४ सम्म मात्रै कार्यालय खोल्नुपर्ने छ ।

२०७९ सालमा निर्धारण गरिएको दशैं र तिहारका सार्वजनिक विदा बाहेक अन्य विदा लगातार २ दिनभन्दा बढी भएका तेस्रो दिनदेखि अत्यावश्यकीय बैंकिङ सेवालाई नियमित गर्न आवश्यकता अनुसार कर्मचारी खटाई सेवा दिन सकिने छ । राजस्व कारोबार गर्ने शाखा तथा काउन्टरहरु एंव बैंकका क्लियरिङसम्बन्धी कार्य गर्ने काउन्टरहरु र नेपाल क्यिरिङ हाउस खुला गर्ने व्यवस्था मिलाउने सर्कुलरमा उल्लेख छ ।


क्लिकमान्डु