रेमिट्यान्स ०.६ प्रतिशतले घट्यो, श्रम स्वीकृति लिने बढे



काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्म रेमिट्यान्स आप्रवाह ०.६ प्रतिशतले घटेको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार रेमिट्यान्स आप्रवाह चैत मसान्तसम्म ७२४ अर्ब ७४ करोड रुपैयाँमा सीमित भएको छ । जबकी गत आवको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १६. प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले कमी आई ६ अर्ब ५ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो ।

श्रम स्वीकृति लिने बढे
तथ्यांक अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा बढेर २ लाख ५६ हजार ३१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७४.९ प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १९९.९ प्रतिशतले वृद्धि भई २ लाख ६ हजार ६२९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६०.७ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ०.७ प्रतिशतले कमी आई ८०८ अर्ब ९२ करोड रुपैयाँ कायम भएको छ । अघिल्लोवर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १४.४ प्रतिशतले बढेको थियो ।


क्लिकमान्डु