जेठ महिनामा ब्याजदर नबढाउने बैंकर्स संघको भद्र सहमति



काठमाडौं । वाणिज्य बैंकले जेठ महिनामा ब्याजदर नबढाउने भएका छन् ।

बैकर्स संघको बैठकले जेठ महिनामा ब्याजदर नबढाउने सहमति गरेका छन् । केही दिन अगाडि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जेठ महिनामा ब्याजदर बढ्ने बताएका थिए ।

निर्वाचनको लागि खर्च भएको सरकारको विकास खर्च समेत बढ्ने क्रममा रहेको हुँदा जेठ महिनामा ब्याजदर नबढाउने निर्णय भएको एक वाणिज्य बैंकका सीइओले जानकारी दिए ।

वाणिज्य बैंकले एक वर्षको मुद्दति निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर दिनेछन् । वाणिज्य बैंकले ब्याजदर नबढाउने भद्र सहमति गरेसँगै विकास बैंक र फाइनान्स कम्पनीको समेत ब्याजदर नबढ्ने भएका छ ।


क्लिकमान्डु