आर्थिक संकट अझ चर्किएपछि श्रीलंकाका प्रधानमन्त्रीले दिए राजीनामा



आर्थिक संकट बढ्दै गएपछि श्रीलंकाका प्रधानमन्त्री महिन्द्रा राजपक्षेले राजीनामा दिएका छन् ।

उनलाई गत साता नै राष्ट्रपतिले राजीनामा दिन सुझाव दिएका थिए । उनको राजीनामापछि श्रीलंकामा अन्तरिम सरकार बन्नेछ ।

श्रीलंकाका कैयन स्थानमा अझै पनि प्रहरी र आन्दोलनकारीहरुबीच झडप भइरहेको छ ।

श्रीलंकामा अहिले विदेशी मुद्रा सञ्चिति ५ करोड डलरभन्दा कम भएपछि सामान आयात गर्न नसक्ने अवस्थामा पुगेको छ ।

महंगी अत्यधिक बढेको छ भने दैनिक उपभोग्य सामग्री पनि सहज रुपमा पाउन छाडिएको छ ।

श्रीलंकाले अहिले विदेशी ऋण तिर्न नसकेर हात उठाइसकेको अवस्था छ । श्रीलंकाले अहिले ५० अर्ब डलरभन्दा बढी विदेशी ऋण तिर्न बाँकी छ । साथै, हालै आइएमएफलगायतका संस्थासँग सहयोगको अपिल समेत गरिरहेको छ ।


क्लिकमान्डु