रोमानियाको स्मिथ एण्ड स्मिथ र ईसेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्झौता



काठमाडौं । ईसेवा मनी ट्रान्सफर र रोमानियाको प्रथम मनी ट्रान्सफर कम्पनी स्मिथ एण्ड स्मिथबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।

सम्झौतासँगै, रोमानियामा अध्ययन, काम तथा बसोवास गर्दै आएका नेपालीहरुले उक्त कम्पनीमार्फत् नेपालमा सहजै पैसा पठाउन सक्नेछन् । ईसेवा वालेटमा समेत तुरुन्तै रकम पठाउन सकिन्छ ।

यसैगरि रोमानियाको उक्त कम्पनीबाट आएको रेमिट्यान्स नेपालभर रहेका इसेवा मनि ट्रान्सफरका १८ हजारभन्दा धेरै एजेण्ट/नेटवर्कको सञ्जालबाट समेत तुरुन्तै प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ ।

र्ईसेवा वालेटमा रेमिट्यान्स् पठाउँदा अतिरिक्त ७७ रुपैयाँ बोनस रकम समेत प्राप्त गर्न सकिनेछ । हाल ईसेवा मनी ट्रान्सफरको ’रेमिटोत्सव’ योजना अन्तर्गत उक्त कम्पनीबाट ईसेवा मनी ट्रान्सफरमार्फत् पैसा पठाउँदा दैनिक ५ हजार रुपैयाँ तथा बम्परमा ५० हजार रुपैयाँ समेत जित्न सकिनेछ ।

रेमिट्यान्स् भुक्तानी सम्झौतामा ईसेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेस कोइराला र स्मिथ एण्ड स्मिथबाट प्रशासक जर्जेटा पोक्नेजले हस्ताक्षर गरेका हुन् ।


क्लिकमान्डु