महालक्ष्मी लाइफद्धारा ३ सदस्यीय मर्जर कमिटि गठन



काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले मर्जर कमिटि गठन गरेको छ ।

इन्स्योरेन्सको आज सम्पन्न भएको विशेष साधारण सभाले बीमा समितिले दिएको निर्देशन बमोजिम मर्जर र एक्विजेशन पश्चात ५ अर्ब रूपैयाँ चुक्ता पुँजी पुरयाउने निर्णय गरी मर्जर कमिटि गठन गरेको हो ।

इन्स्योरेन्सको संचालक समितिको ५८ ‌औँ बैठकले संचालक सुरेश सापकोटाको संयोजकत्वमा संचालक उमेशलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई सम्मिलित ३ सदस्यीय मर्जर कमिटी गठन गरेको हो ।

सभाले सर्व सहमतिमार्फत कम्पनीको अधिकृत पुँजी ५ अर्ब रूपैयाँ र र जारी पुँजी ३ अर्ब रूपैयाँ हुने गरी पुँजी वृद्धि गर्ने, सर्वसाधारणलाई ९० करोड बराबरको शेयर निष्काशन गर्ने तथा मर्जर, एक्विजेसन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने गरी निर्णय गरेको छ ।

बीमा समितिले चैत्र १० गतेको निर्देशनबाट कम्पनीको चुक्ता पुँजी ५ अर्ब रूपैयाँ कायम गर्न निर्देशन दिएपछि संचालक समितिको निर्णय अनुसार पुँजी वृद्धि योजना पेश गरेको थियो ।

सोही योजना बमोजिम बीमा समितिबाट पुँजी वृद्धि गर्ने सहमती लिएर विशेष साधारण सभा आव्हान गरेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४२ करोड रूपैयाँ छ । बीमा समितिले तोकेको ५ अर्ब रूपैयाँ पुँजी पुर्याउन कम्पनीले ३ अर्ब ६० करोड रूपैयाँ रकम थप गर्नुपर्छ ।


क्लिकमान्डु