आचारसंहिता उल्लंघन गर्ने २३ अनलाइन बन्द



काठमडौं । स्थानीय तह सदस्य निर्वाचन २०७९ आचारसंहिताको गम्भीर उल्लंघन गर्ने २३ बेभ पार्टललाई नेपालभित्र सञ्चालन हुन नसक्नेगरी कारवाही गरिएको छ ।

निर्वाचन अवधिभर निर्वाचन आयोगबाट मिडिया अनुगमनको जिम्मेवारी पाएको प्रेस काउन्सिल नेपालले ती वेब पोर्टललाई कारवाही गरेको हो ।

काउन्सिलका उप्रशासकीय अधिकृत रामशरण बोहराका अनुसार बिनादर्ता सञ्चालित न्यूज पोर्टलहरुले निर्वाचन आचारसंहिता प्रतिकूल समाचार संप्रेषण गरेपछि कारवाही गरिएको हो ।

आचारसंहिता उल्लंघन गर्ने १३७ सञ्चार माध्यमलाई सचेत तथा सजग गरिइएको काउन्सिलले जनाएको छ । चैत २५ गतेदेखि बैशाख २२ गतेसम्म अवधिमा २७ वटा मिडिया तथा पत्रकारलाई स्पष्टीकरण सोधिएको छ ।

त्यस्तै, यस अवधिमा ६१ वटा मिडिया तथा पत्रकारलाई आचारसंहिता कार्यान्वयनमा गम्भीर बन्न निर्देशन गरिएको काउन्सिलले जनाएको छ । सोहीअनुसार यस अवधिमा ८ वटा सञ्चार माध्यमलाई लिखितरुपमा सचेत गराइएको काउन्सिलले जनाएको छ ।

त्यस्तै, २१ वटा सञ्चार माध्यमलाई लिखितरुपमा आचारसंहिता कार्यान्वयनका लागि ध्यानाकर्षण गराइएको उप्रशासकीय अधिृकत बोहराले जानकारी दिए ।

काउन्सिलका अनुसार यस अवधिमा आचारसंहिता उल्लघन गर्ने चारवटा सञ्चार माध्यमसँग स्पष्टीकरणसहित जवाफ माग गरिएको छ । त्यस्तै, ११ वटा पत्रपत्रिकालाई आचारसंहिता कार्यान्वयनमा निर्देशन दिइएको छ ।

एक पत्रिकालाई सचेत गराइएको र एक पत्रिकालाई ध्यानाकर्षण गराइएको बोहराले बताए ।

त्यस्तै, ८ वटा रेडियोलाई निर्देशन र २ वटालाई ध्यानाकर्षण गरिएको काउन्सिलले जनाएको छ । एक टेलिभिजनसँग स्पष्टीकरणको जवाफ माग, ६ वटालाई दिर्नेशन र २ वटालाई सचेत गराइएको छ ।

आचारसंहिता प्रतिकूल समाचार तथा सूचना सम्प्रेषण गर्ने १४ जना पत्रकारलाई ध्यानाकर्षण गराइएको काउन्सिलले जनाएको छ ।


क्लिकमान्डु