बीमा समितिले दियो एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरललाई मर्जर सम्बन्धी सैद्दान्तिक सहमति



काठमाडौं । बीमा समितिले एभरेष्ट इन्स्योरेन्स र हिमालयन इन्योरेन्सबीच भएको मर्जर सम्झौतालाई सैद्दान्तिक सहमति दिएको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा समितिबाट जारी बीमक गाभ्ने र गाभिन तथा प्राप्ति गर्ने सम्बन्धमा निर्देशिका, २०७६ को दफा ६ बमोजिम दुई कम्पनीलाई एकआपसमा गाभ्न र गाभिन सैद्धान्तिक सहमति दिएको जानकारी दिए ।

उनका अनुसार समितिले आजै कम्पनीहरुलाई सैद्दान्तिक सहमति समबन्धी पत्र पठाएको हो ।

बीमक गाभ्नेर गाभिन तथा प्राप्ति गर्ने निर्देशिकाको दफा ७ बमोजिम मूल्याङ्ककर्ताको नियुक्ती गरी समितिलाई विवरण पेश गर्न निर्देशन दिएको पौडेलले बताए ।

बीमा समितिले निर्जीवन बीमा कम्पनीलाई २०७९ चैत मसान्तसम्म २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्न निर्देशन दिएको थियो । बिहीबार यी दुई कम्पनीहरुले मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।


क्लिकमान्डु