जिनियस कन्सल्टेन्सी सञ्चालक भट्टराईविरुद्ध मुद्दा दायर



काठमाडौं । जिनियस एजुकेसन एण्ड कन्सल्टेन्सी सर्भिस प्रालिका सञ्चालक सुजन भट्टराईसहित अन्य अभियुक्तविरुद्ध ४ करोड माग दाबीसहित वैदेशिक रोजगार न्याधिकरणमा आज मुद्दा दायर गरेको छ ।

त्रिपुरेश्वरमा रहेको कन्सल्टेन्सीले आकर्षक तलब सुविधसहित युरोपको पोर्चुगल, स्पेन, फ्रान्ससहितका मुलुकमा वैदेशिक रोजगारीमा लैजाने भनी प्रतिव्यक्ति १७ लाख ९२ हजारसम्म ठगी गरेको भनी भट्टराईलगायत अन्य अभियुक्तविरुद्ध ४ करोड ७ लाख २३ हजार रुपैयाँ मागदाबीको मुद्धा दायर गरिएको हो ।

विभागका अनुसार विदेशमा विभिन्न युनिभर्सिटीमा अध्ययन गर्न जाने विद्यार्थीलाई परामर्श दिने उद्देश्य राखी दर्ता भएको वैदेशिक रोजगार ऐन २०६४ विपरित अशोक चौधरीसमेत २२ जना व्यक्तिहरूबाट फ्रान्ससहित युरोपका विभिन्न मुलुकमा रोजगारीको प्रलोभन देखाई करोड २ करोड ८८ लाख ४१ हजार ७ सय रुपैयाँ ठगी गरेको पुष्टि हुन आएको जनाएको छ ।

‘उक्त कार्य ऐन विपरीतको कसुर भएकाले अनुसन्धानको क्रममा पक्राउ परेका सुजन भट्टराई, मेख बहादुर गुरुङ र सुनिल लम्सालसहित अन्य प्रतिपादीहरूले ठगी गरेको २ करोड ८८ लाख ४१ हजार ७ सय रुपैयाँ र सो को हर्जना १ करोड ४३ लाख २५ हजार २५० रुपैयाँ माग दाबी गरी मुद्धा दायर गरेको छ,’ विभागले जारी गरेको सूचनामा उल्लेख छ ।


क्लिकमान्डु