सेयर बजारमा १० कित्ते नीति संशोधन गर्नुपर्छः अञ्जन श्रेष्ठ



काठमाडौ । नेपाल धितोपत्र बोर्डका सञ्चालक अञ्जन श्रेष्ठले सेयर बजारमा १० कित्ते नीति संशोधन आवश्यक रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका श्रेष्ठले विदेशमा रहेका लगानीकर्तालाई अनलाइनबाट कारोबार गर्नका लागि सहजिकरण गर्नुपर्ने बताए ।

शुक्रबार आयोजित पुँजीबजार सम्मेलनमा बोल्दै श्रेष्ठले पुँजी निर्माणका लागि सेयर बजार उपयुक्त माध्यम भएको धारणा व्यक्त गरे । उनले पुँजीबजारले धेरै अझै पनि कैयन क्षेत्र समेट्न नसकेको बताए ।

‘विगतमा संस्थागत कमजोरीले बजार बन्द भएको थियो, अब पुँजीबजार अर्थतन्त्रको ऐना हो वा होइन भन्ने विषय मननयोग्य छ,’ उनले भने ।

श्रेष्ठले अब पुँजीबजारमा इन्ट्रा डे ट्रेडिङ सट सेलको व्यवस्था हुनुपर्ने बताए । बजारलाई प्रविधिमैत्री बनाउनुपर्ने उनको भनाइ थियो ।


क्लिकमान्डु